ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

राष्ट्रिय व्यावसायिक पहलको अध्यक्षमा पुनः जोशी निर्वाचित

२०७९ असोज, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को अध्यक्षमा पुनः कुशकुमार जोशी निर्वाचित भएका छन् । असोज २ गते हेटौंडामा आयोजित एनबीआईको १६औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

साधारणसभाले उनीसँगै २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शुकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रवीर मालाकार, कोषाध्यक्षमा दीपक मल्होत्रा, सचिवमा सरोजप्रसाद पाण्डे र सुरेश प्रधान तथा सहकोषाध्यक्षमा विनायक शाह निर्वाचित  भएका छन् । संस्थाको कार्यसमिति सदस्यहरूमा उमेशलाल श्रेष्ठ, लता प्याकुरेल, शिवप्रसाद घिमिरे, अशोक वैध, राजेश खड्का, रवीन्द्रमान सिंह प्रधान र अरनिको राजभण्डारी रहेका छन् ।

यसैगरी मुकेशकुमार भट्टराई, रमेश शर्मा, राजेशबाबु श्रेष्ठ, डा. वविन पोखरेल, खेम लकाई, होमनाथ उपाध्याय र सनम शाक्य पनि सदस्यमा निर्वाचित भएका छन् । कार्यसमितिको मनोनीत सदस्यमा सुधीर मित्तल र डा. राजेन्द्र घिसिङ तथा संस्थागत पदेन सदस्यमा नानीराज घिमिरे छन् ।

अध्यक्ष जोशीले कोभिड १९ लगायत विभिन्न जटिल परिस्थितिसँग जुध्दै संस्थाले व्यावसायिक वातावरणमा देखिएका समस्या समाधान, जिम्मेवार व्यावसायिक अभ्यासको प्रवद्र्धन र विपद् जोखिम न्यूनीकरणमा निजीक्षेत्रको संलग्नतालाई अघि बढाएको बताए । एनबीआईको सक्रियता अझ मजबूत बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायहरूसँगको सहकार्यका विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी उनले दिए । ‘हरेक दुई वर्षमा गरिँदै आएको व्यवसाय सम्मेलन गतवर्ष आयोजना गर्न सकिएन,’ उनले भने, ‘आगामी वर्ष प्राथमिकताका साथ आयोजना गरिनेछ ।’

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement