ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सुर्खेतमा महिन्द्राको इलेक्ट्रिक थ्री–ह्वीलर अटो ‘ट्रियो’ सार्वजनिक

२०७९ असोज, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडको इलेक्ट्रिक थ्री ह्वीलर अटो ‘ट्रियो’ सुर्खेतमा पनि गुड्ने भएको छ । कम्पनीले उक्त अटो हेटौंडा, धनगढी, जनकपुरधामपछि मंगलवार सुर्खेतमा सार्वजनिक गरेको हो ।

महिन्दा ट्रियो सार्वजनिक गर्न आयोजित समारोहमा महिन्द्रा इलेक्ट्रोनिकका अमित साह, अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेश कुमार बस्नेत लगायतको उपस्थिति थियो ।

महिन्द्राको आधिकारिक ईभी वितरक अग्नि इनर्जीले नेपालका विभिन्न ठाउँमा ट्रियो विक्री गर्दै आएको छ । महिन्द्रा ट्रियोबाट पेट्रोलियमको तुलनामा ग्राहकले वार्षिक रू. २ लाख बचत गर्न सक्ने कम्पनीको दाबी छ । महिन्द्रा ट्रियो १० हजारभन्दा विक्री भएको (भारतको) सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म रहेको बताइएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement