ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नेपाल लाइफ इन्स्योरेन्सको ‘डायनामिक क्यूआर पेमेन्ट’ शुरू

२०७९ असोज, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘डायनामिक क्यूआर पेमेन्ट’ शुरू गरेको छ । कम्पनीले ई–सेवासँगको सहकार्यमा उक्त सेवा सञ्चालनमा ल्याएको हो । मंगलवार आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त सेवा शुभारम्भ गरेका हुन् ।

कम्पनीका नेशनल सेल्स हेड उमापति पोखरेलले डायनामिक क्यूआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको बीमाको शुल्क भुक्तानी गरी सेवा सुचारु गरेका थिए । सो सेवा सञ्चालनमा आएसँगै डायनामिक क्यूआर पेमेन्ट सिस्टम उपलब्ध गराउने नेपाल लाइफ इन्स्योरेन्स नेपालकै पहिलो बीमा कम्पनी बनेको दाबी गरिएको छ । अब कम्पनीका देशैभरिका शाखा तथा उपशाखाबाट सो सेवामार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने कम्पनीको भनाइ छ ।

 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement