ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

राधी विद्युत कम्पनीको हकप्रद शेयरमा आजबाट आवेदन दिन सकिने 

२०७९ असोज, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राधी विद्युत कम्पनीले आज (बुधवार)  देखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम रु. ६४ करोड ६४ लाख ४ हजार ६२२ को १ शेयर बराबर नयाँ १.४०५२ रु. १०० अंकित मूल्यका दरले ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । 

हकप्रद निष्कासनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरिसकेको छ । यस आधारमा भदौ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम यस कम्पनीका शेयरधनीहरूले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रद शेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालय र मेरो शेयर वेबसाइट र एपमार्फत आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।  

हाल कम्पनीको चुक्तापूँजी रु.६४ करोड ६४ लाख ४ हजार ६२२ रहेको छ ।  हकप्रद निष्कासन पश्चात् कम्पनीको पुँजी रु. १ अर्ब ५९ करोड ९९ लाख ८० हजार पुग्नेछ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement