ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

हिमालयन बैंकको ऋणपत्र बाँडफाँट 

२०७९ असोज, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमालयन बैंक लिमिटेडले विक्री गरेको साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले भदौ १५ गतेदेखि २९ गतेसम्म विक्री गरेको ऋणपत्र गत मंगलवार बाँडफाँट गरेको हो । 

बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामको सात वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा वितरण गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको हो । रू. १ अर्ब बराबरको १० लाख कित्ता शेयरमध्ये ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको थियो ।

सामूहिक लगानीकोषबाट ५ हजार कित्ताको लागि मात्र आवेदन परेको जानकारी बैंकले दिएको छ । सामूहिक लगानी कोषहरूमा वितरण हुन नसकेको बाँकी शेयर समेत जोडेर सर्वसाधारणमा वितरण गरेको छ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement