ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नेपाल ल्यूब आयलले गर्‍यो ३० % लाभांश प्रस्ताव, असोज २८ गते साधारण सभा आह्वान

२०७९ असोज, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट कुल ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ३ करोड ८७ लाख ५८ हजारको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

कम्पनीले प्रस्तावित लाभांश सहितका अन्य विविध प्रस्ताव पारितका लागि ३१ औं वार्षिक साधारणसभाको मिति समेत तय गरिसकेको छ । असोज ४ गते नै सञ्चालक समितिको बैठकले असोज २८ गते याक प्यालेस पुल्चोक, ललितपुरमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै कम्पनीको अधिकृत एवम् जारी पूँजी रू. ५ करोड रहेकोमा त्यसलाई वृद्धि गरी रू. १० करोड कायम गर्ने प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज १३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement