ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

अनुमतिबिना डिजिटल–होर्डिङ बोर्ड नराख्न काठमाडौं महानगरको अनुरोध

२०७९ असोज, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमतिबिना डिजिटल–होर्डिङ बोर्ड नराख्न अनुरोध गरेको छ । उच्च अदालत, पाटनको आदेशपछि महानगरले बुधवार (आज) सूचना जारी गर्दै आजबाट अनुमतिबिना महानगर क्षेत्रमा डिजिटल–होर्डिङ बोर्ड नराख्न अनुरोध गरेको हो । 

महानगर क्षेत्रभित्र अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपश्चात् समेत निरन्तर होर्डिङ–डिजिटल बोर्ड तथा अन्य माध्यमबाट बाह्य विज्ञापन गरिरहेको देखिएकाले सूचना जारी गरिएको महानगरले जनाएको छ । 

सूचना उल्लंघन गरे महानगरप्रहरीद्वारा विज्ञापन प्रचार÷प्रसार गर्न बन्द गरिने बताइएको छ ।   

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement