ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

गरिमा विकास बैंकले लिलाम बढाबढमा नपरेको शेयर बापतको रकम शुक्रवारबाट फिर्ता गर्ने

२०७९ असोज, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गरिमा विकास बैंकले लिलाम बढाबढमा नपरेको शेयर बापतको रकम आगामी शुक्रवारबाट फिर्ता गर्ने भएको छ । आवेदकले आवेदन फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आइपीएसमार्फत रकमान्तर गरिदिने कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले १ लाख ९ हजार ८११ कित्ता शेयर गत साउन २६ गतेदेखि भदौ ३१ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो । सो अवधिमा प्राप्त भएका बोलपत्रहरू गत आइतवार (असाेज २) निष्कासनकर्ता कम्पनीका प्रतिनिधिहरू तथा विक्री प्रबन्धकका प्रतिनिधिहरूको रोहवरमा खोली मंगलवार (असोज ४) बाँडफाँट गरेको हो । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement