ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

सडक सञ्जाल अवरुद्ध हुँदा मुगुको स्याउले बजार पाएन

२०७९ असोज, ५  
बजार समाचार कर्णाली प्रदेश
Image Not Found

मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीत भण्डारणमा थुपारेर राखेका छन् ।

स्याउ किसान टक्कबहादुर शाही भने, ‘लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो, सडक नखुलेपछि स्याउ भण्डारण गरेर राखेका छौं, अहिले स्याउले बजार नै नपाउने चिन्ता छ, स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने डर छ ।’

यस वर्ष यहाँ स्याउको उत्पादन रहरलाग्दो थियो । बगैंचामा लटरम्म स्याउ फलेसँगै यहाँका किसान निकै खुसी थिए । उनले भने, छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ तर सडकका कारण उत्पादनले बजार पाउन समस्या परेको छ ।’ उनले स्थानीय सरकारलाई स्याउको बजारीकरणमा समन्वय गरिदिन आग्रहसमेत गरेका छन् । -रासस     
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement