ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

'राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२' असोज ६ मा हुँदै, को-को छन् नोमिनेसनमा पर्ने पत्रकार

२०७९ असोज, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं।  राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनफएपिजे)ले  राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ आयोजना गर्ने भएको छ।  संस्थाको स्थापनाको २५औं वर्षगाँठको अवसर पारेर विभिन्न विधाहरुमा अवार्ड प्रदान गर्न लागिएको हो ।

फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा संकलन गरी उनीहरुको फोटो तथा कामको मुल्याङ्कन अनुसार सात प्रदेश सहित विभिन्न १४ विधामा वर्षको उत्कृष्ट फोटोपत्रकारहरु लाई अवार्ड मार्फत सम्मानित गरिने छ । असोज ६ गते हुने अवार्डको विधागत मनोनयन सकिएको छ ।

प्रत्येक विधामा मनोनयनमा पर्ने ५ मध्येवाट प्रत्येक विधामा १ जनाले उत्कृष्ट फोटोपत्रकारिता अवार्ड प्राप्त गर्नेछन् । कार्यक्रममा फोटोपत्रकारितालाइ जीवनभर पेशाको रुपमा अंङगालेर हाल निवृत्त जीवन व्यतित गरि रहेका अग्रज सस्थापक सदस्यहरुलगायत २५ जना वरिष्ठ फोटोपत्रकारहरुलाई विशेष सम्मान समेत गरिने आयोजकले जनाएको छ।

अवार्डका विधागत उत्कृट ५ मा मनोनयन भएका फोटोपत्रकारहरु नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा तर्फ नोमिनेशनमा अनन्ता भण्डारी,मनिस अर्याल,नविन वावु गुरुङ,प्रेम थापा र सुनील शर्मा रहेका छन् । 
खेलकुद फोटोपत्रकारीता विधा  तर्फ विक्रम कुमार बाँनीया,हरिस सिंह नगाल, प्रेम थापा, एसके सर्मा, सरोज चाम्लीङ  र  पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधाका लागि अनन्ता भण्डारी, प्रतिक्षा काफ्ले, राधिका कडेल, रमिता छुजु र सरिता श्रेष्ठ नोमिनेसन भएका छन् । 

पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधाका लागि अन्नता मण्डारी, हरि मर्हजन, मनोज पौडेल, मनोज रत्न शाही र सागर वस्नेत  छन् भने, ग्लोवल आईएमइ बैक आर्थिक फोटोपत्रकारिता विधाका लागि असोक दुलाल, गगन अर्याल, मनोज पौडेल, नविनवावु गुरुङ र प्रदिपकुमार श्रेष्ठनोमिनेसन भएका छन्।  

त्यस्तै, राजनैतिक फोटोपत्रकारिता विधाका लागि  गगन अर्याल, हरिस सिंह नगाल, नविन वावु गुरुङ, मनिस अर्याल र सागर बस्नेत नोमिनेसन भएका छन् भने , कृषि विकास बैंक स्वतन्त्र फोटोपत्रकारिता विधाका लागि अम्विर तोलङ्गे, दिपेन्द्र मर्हजन, दुर्गाप्रसाद पौडेल, मनिसा पौडेल र प्रताप गुरुङ नोमिनेशनमा पर्न सफल भएका छन् । 

प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड  तर्फ  प्रदेश नं.  उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि  गगन कुमार यादव, गुरु ढकाल, नेत्र विक्रम विमली, सरद जोसी र सुजन तिमिल्सीना नोमिनेशनमा पर्न सफल भएका छन् भने  मधेस प्रदेशबाट जियालाल प्रसाद साह, पंकज श्रेष्ठ, राकेश प्रसाद चौधरी, तिवारी यादव र कविता खड्का नोमिनेशन भएका छन् ।

त्यस्तै, बागमति प्रदेशबाट अर्जुन श्रेष्ठ, पेमा लामा, राजेन्द्र गजुरेल, सन्तोष श्रेष्ठ र संकर श्रेष्ठ नोमिनेसनमा पर्दा  गण्डकी प्रदेशबाट खिम लामिछाने, किरण आचार्य, प्रेम थापा, राधिका कडेल र रजनी तामाङ नोमिनेसनमा परेका छन् । 

लुम्बिनी प्रदेशबाट वासुदेव यादव,विजेश यादव,देवि गुरुङ,मनोज पौडेल र नविन लोचन मगर नोमिनेसन भएका छन् भने कर्णाली प्रदेशबाट वामदेव केसी, वसन्त प्रताप सिंह, हेमन्त केसी,  हिक्मत नेपाली र रिजन भण्डारी नोमिनेसन भएका छन् । 

सुदुरपश्चिम प्रदेशबाट अविनास चौधरी, विनोद विष्ट, डम्वर बहादुर वोहरा कृष्ण विष्ट र माहादेव अवस्थी नोमिनेसनमा  पर्न सफल भएको आयोजक संस्था  एनफएपिजेले जनाएको छ । 
 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement