ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

सोपान फर्मास्युटिकल्स लिमिटेडले १४ लाख कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनएमबि क्यापिटल

२०७९ असोज, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १४ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । 

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् रू. १४ करोड बराबरको शेयर सर्वसाधारणलाई निष्कासन गर्ने जनाएको छ । 

यसका लागि मंगलबार दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सोपान फर्मास्युटिकल्सका सीईओ सुमन न्यौपाने र एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ । 

कम्पनीमा गैरआवासीय नेपाली व्यवसायी, व्यापारिक घराना, औषधि, स्वास्थ्य तथा विविध क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूको लगानी छ । कम्पनीले आईएसओ, विश्व स्वास्थ्य संगठन तथा गुड म्यान्युफ्याक्चरिङ प्रक्टिसेस मापदण्ड अनुसारको अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरेर विभिन्न प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement