ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तराईमा सिंचाई र शहरमा प्रसारण प्रणाली सुधारका लागि जापानले दियो १६ अर्ब रुपैयाँ, २ अर्ब अनुदान

२०७९ असोज, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जापानले नेपालमा दुई आयोजना कार्यान्वयको लागि १६ अर्ब रुपैयाँ ऋण तथा अनुदान दिने भएको छ ।

नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिंचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५ दशमलव ६० करोड (करीब २ अर्ब रुपैयाँ) अनुदान सहायता र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजनाका लागि जापानी येन १५९ दशमलव ०१ करोड (करीब १४ दशमलव २ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्बन्धी दुई छुट्टाछुट्टै सम्झौतामा  हस्ताक्षर भएको छ ।

अनुदान सहायता मुख्यतया पूर्वी तराई क्षेत्रमा भरपर्दो र निरन्तर सिंचाइ सुविधाका लागि चन्द्र नहर सिंचाइ प्रणालीको मर्मत सम्भार र सुधारका लागि प्रयोग गरिनेछ ।

त्यसैगरी, वार्षिक ० दशमलव ०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी अवधि र १० वर्षको ग्रेस अवधि रहेको सहुलियतपूर्ण ऋण काठमाडौं र पोखरा लगायतका शहरमा प्रसारण चुहावट घटाउन र वितरण प्रणालीको विश्वसनीयता बढाउनका लागि प्रयोग गरिनेछ ।

नेपाल सरकारका तर्फबाट अर्थ सचिव कृष्णहरि पुस्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा बुधवार हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, अनुदान तथा ऋण सम्झौतामा अर्थ मन्त्रालय, अन्तरराष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरी प्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन् ।

अर्थसचिव पुस्करले दुई आयोजनाको कार्यान्वयनबाट नेपालमा सिंचाइ सुविधाको सुधार गर्न तथा विद्युत आपूर्तिको विश्वसनीयता बढाउन र प्रसारण चुहावट कम गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement