ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

चार दिनपछि नेप्सेमा हरियाली, कारोबार रकम भने ७२ करोड १२ लाखमा सीमित

२०७९ असोज, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लगातार चार दिन घटेको बजार बुधवार भने हरियो भएर बन्द भएको छ । घटेको बजारमा क्रेता सक्रिय भएसँगै बुधवार बजार बढेको हो । यसो त बैंकहरूले ब्याजदर वृद्धि गरिरहँदा  वित्तीय प्रणालीमा भने धमाधम निक्षेप वृद्धि हुन थालेको तथ्यांक सार्वजनिक भएका छन् ।

यसले गर्दा पनि बुधवार बजारमा सकारात्मक प्रभाव परेको एक लगानीकर्ता बताउँछन् ।  दसैं-तिहार जस्ता चाडपर्व नजिकिएका छन् । यस्तो बेला रेमिट्यान्स निकै बढी आउने गर्छ । त्यस्तै, चुनाव पनि नजिकिँदै छ । चुनावी माहोलमा बजारमा पर्याप्त पैसा आउने अनुमान छ । यसले गर्दा पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरुको भनाइ छ ।

बजार सधैंभरि घटिरहने पनि होइन, बढी रहने पनि होइन । सोही कारण लगानीकर्ताले बजारको ट्रेण्ड हेरेर विवेक पूर्ण तरीकाले लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । 

साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक ११ दशमलव १९ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक १ हजार ८४८ दशमलव ८० विन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका २२६ धितोपत्रको २५ लाख ३१ हजार ३७० कित्ता शेयर १९ हजार ८७९ पटकमा रू. ७२ करोड १२ लाख ५९ हजार ८८४ बराबरको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका २२६ धितोपत्रमध्ये सामलिङ्ग पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ४८२ दशमलव ९० कायम भएको छ । त्यसैगरी दोस्रोमा समिट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ दशमलव ७३ प्रतिशत बढेर रू. ७९३ पुगेको छ । 

विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ३ दशमलव ६३ प्रतिशत घटेर रू. ८८५ कायम भएको छ । त्यसैगरी दोस्रोमा नबिल ब्यालेन्स फण्ड-२ को इकाई मूल्य ३ दशमलव ४० प्रतिशत घटेर रू. ९ दशमलव १० कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको भएको छ । यस कम्पनीको रू. ३ करोड ३८ लाख बराबरको कारोबार भएको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रिडी पावर कम्पनीको रू. २ करोड ४१ लाख बराबर भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ४४ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको छ । समूहगतमध्ये सबैभन्दा बढी वित्त समूहको परिसूचक १ दशमलव ७९ प्रतिशत वृद्धि भएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement