ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

विश्वको सम्पत्ति ४ हजार ६३६ खर्ब डलर, १ प्रतिशत धनाढ्यको हातमा पुग्यो २ हजार ११५ खर्ब डलर

२०७९ असोज, ५  
समाचार अन्तरराष्ट्रिय
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गएको वर्ष विश्वव्यापी सम्पत्ति झन्डै १० प्रतिशतले बढेको छ ।

स्वीस बैंक क्रेडिट सुसीले सार्वजनिक गरेको एउटा प्रतिवेदनअनुसार सन् २०२१ मा विश्वको सम्पत्ति ९ दशमलव ८ प्रतिशतले बढेर ४ हजार ६३६ खर्ब डलरमा पुगेको हो । विश्व शेयर बजारमा भएको वृद्धि र न्यून ब्याजदरका कारण सम्पत्ति वृद्धिमा टेवा मिलेको बताइएको छ । 

विनिमय दरमा हुने उतारचढावलाई समावेश नगर्दा समग्रमा विश्वको सम्पत्ति समीक्षा अवधिमा १२ दशमलव ७ प्रतिशतले बढेको 'विश्वव्यापी सम्पत्ति प्रतिवेदन २०२२' मा बैंकले उल्लेख गरेको छ ।

मुद्रास्फीतिसँग समायोजना गर्दा चाँहि समीक्षा अवधिको सम्पत्ति वृद्धि ८ दशमलव २ प्रतिशत हुने क्रेडिट सुसीले बताएको छ । प्रतिवेदनका अनुसार अघिल्लो वर्षको तुलनामा प्रति वयस्क सम्पत्ति ८ दशमलव ४ प्रतिशतले बढेर गत वर्ष ८७ हजार ४८९ डलरमा पुगेको छ ।

सो अवधिमा घरपरिवारको आम्दानी वृद्धिमा अमेरिका सबैभन्दा अगाडि छ । सन् २०२१ भर अमेरिकी घरपरिवारहरुको नेटवर्थ १९५ खर्ब डलर बढेको छ । घरपरिवारको नेटवर्थ ११२ खर्ब डलर बढेको चीन दोस्रो स्थानमा छ । १८ खर्ब डलसहित क्यानडा तेस्रो, १५ खर्ब डलरसहित भारत चौथो र १४ खर्ब डलरहित अष्ट्रेलिया पाँचौ स्थानमा रहेको प्रतिवेदनमा भनिएको छ । गएको वर्ष घरपरिवारको सम्पत्तिमा नाटकीय वृद्धि भएको थियो । 

तर यस वर्ष विश्वका कयौं अर्थतन्त्रले सुस्त आर्थिक वृद्धिदरको सामना गरिरहेका छन् । केही अर्थतन्त्र त मन्दीमै जाने खतरा उच्च छ । त्यसैले यस वर्ष अघिल्लो वर्ष भएको वृद्धि केही हदसम्म उल्टिने सम्भावना समेत रहेको बताइएको छ । यद्यपि, सन् २०२४ सम्ममा प्रति वयस्क विश्वको सम्पत्ति १ लाख डलरको सीमा पार हुन सक्ने क्रेडिट सुसुीकी यूरोप, मध्य एशिया र अफ्रिकी क्षेत्रका लागि प्रमुख लगानी अधिकारीले बताएकी छिन् ।

सन् २०२० मा कोरोना भाइरसको महामारीका कारण देशहरुले सीमा बन्द गरेका थिए । संक्रमण फैलिन नदिन लागू गरिएको बन्दाबन्दीका कारण व्यापार व्यवसाय र सामाजिक गतिविधि प्रभावित हुँदा मानिसहरुको आय आर्जन घटेको थियो ।

विश्व अर्थतन्त्र  महामन्दी यताकै खराब मन्दीबाट गुजिय्रो । महामारीको प्रभाव कम गर्न विश्वका विकसित समेत कयौं अर्थतन्त्रहरुले टेवा तथा राहतका उपायहरु ल्याए । मौद्रिक खुकुलोपनाका उपायहरु अपनाए । न्यून ब्याजदर र खपत कम गर्नु पर्ने अवस्थाका कारण महामारीको समयमा विश्वभर घरपरिवारको सम्पत्ति बढ्यो ।

युक्रेनमाथि रुसको आक्रमण, बढ्दो ब्याजदर, सम्पत्तिको मूल्य घट्ने प्रवृत्ति आदिका कारण यस वर्ष गत वर्ष घरपरिवारको सम्पत्तिमा भएको वृद्धिमध्ये केही गुम्न सक्ने प्रतिवेदनमा क्रेडिट सुसीले बताएको छ ।

गएको वर्ष विश्वको सम्पत्ति वृद्धिमा सबै क्षेत्रको योगदान रहेको भएपनि उत्तर अमेरिका र चीनको दबदबा उच्च रहेको बताइएको छ । विश्वभर घरपरिवारको सम्पत्तिमा भएको आधाभन्दा धेरै वृद्धि उत्तर अमेरिकामा देखिएको हो । 

घरपरिवारको सम्पत्तिमा अर्को एक चौथाई वृद्धि चीनबाट भएको छ । उता, विश्वको सम्पत्ति वृद्धिमा अफ्रिका, यूरोप, भारत र ल्याटिन अमेरिकाको अनुपात ११ प्रतिशत रहेको छ । अमेरिकी डलरको तुलनामा यी क्षेत्रका देशहरुको स्थानीय मुद्राहरु कमजोर बन्दा सम्पत्ति घटेको हो । सम्पत्तिमा हुने कमीलाई प्रायः सधैं अमेरिकी डलरको तुलनामा स्थानीय मुद्राको अवमूल्यनको आधारमा मापन गरिन्छ । क्रेडिट सुसीका अनुसार साउदी अरबमा घरपरिवारको कूल सम्पत्ति २१ खर्ब डलर छ ।

संयुक्त अरब इमिरेट्समा यो १० खर्ब डलर भएको बताइएको छ । साउदीको जनसंख्या उच्च रहेकोले प्रतिवयस्क सम्पत्तिमा यसलाई यूएईले उछिनेको छ । विश्वको सम्पत्तिमा सर्वाधिक धनाढ्य १ प्रतिशतको हिस्सा लगातार दोस्रो वर्ष पनि बढेर सन् २०२१ मा ४५ दशमलव ६ प्रतिशतमा पुगेको छ । यो सन् २०१९ मा ४३ दशमलव ९ प्रतिशत थियो । १० लाख अमेरिकी डलर वा सो भन्दा बढीको सम्पत्ति हुनेहरुको क्लबमा सन् २०२१ मा ५२ लाख जना थपिएका छन् । योसँगै सो क्लबमा हुनेको संख्या ६ करोड २५ लाख पुगेको छ । 

अति उच्च नेटवर्थ (यूएचएनडब्ल्यू) अर्थात् ५ करोड डलर वा सो भन्दा धेरै नेटवर्थ हुनेहरुको संख्या पनि सो अवधिमा २१ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ । १ लाख ४० हजार भन्दा धेरै यूएचएनडब्ल्यूसहित अमेरिका यूएचएनडब्ल्यूको सूचिमा शीर्ष स्थानमा । चीनमा ५ करोड डलरभन्दा धेरै सम्पत्ति भएको जनसंख्या ३२ हजार ७१० रहेको छ । गएको वर्ष यूएचएनडब्ल्यू जनसंख्या अमेरिकामा ३० हजार ४७० र चीनमा ५ हजार २०० थपिएको थियो । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement