ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

१५ करोडको आईपीओ जारी गर्दै बरुण इन्भेष्टमेन्ट, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

२०७९ असोज, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बरुण इन्भेष्टमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीका कर्मचारी र सामूहिक लगानी कोष समेतका लागि १५ लाख कित्ता आईपीओ जारी गर्न लागेको कम्पनीले बताएको छ ।

उक्त आईपीओ जारी गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । 

बुधवार कम्पनी र विक्री प्रबन्धकबीच भएको सम्झौतामा बरुण इन्भेष्टमेन्ट लिमिटेडको तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरे र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् ।

विक्री प्रबन्धक नियुक्तिपछि कम्पनीको आईपीओ निष्कासनका लागि आवश्यक प्रक्रिया अघि बढ्नेछ । २०७७ सालमा पब्लिक कम्पनीको रूपमा स्थापित यस कम्पनीको अधिकृत पूँजी रू. ६० करोड र जारी पूँजी रू. ५५ करोड रहेको छ । हाल कम्पनीमा संस्थापक समूहतर्फको ७७ प्रतिशत शेयर स्वामित्व कायम छ । १७ जना संस्थापक शेयरधनीहरूबाट रू. ४० करोड बराबरको पूँजी चुक्ता भएको छ । 

ऊर्जा क्षेत्रमा लगानी गर्ने यस कम्पनीमा एसजी ग्रूपको मुख्य लगानी छ । कम्पनीले बझाङ जिल्लामा १५ दशमलव ३३ मेगावाट क्षमताको कलंगा हाइड्रो, ३८ दशमलव ४७ मेगावाट क्षमताको सानीगाड हाइड्रो र १० दशमलव ७० मेगावाट क्षमताको बुङगल हाइड्रो गरी तीन ओटा हाइड्रो कम्पनीमा कुल ६४ दशमलव ४९ मेगावाट विद्युत् शक्ति उत्पादन गर्ने गरी लगानी गरेको छ । 

यीसँगै कम्पनीले संखुवाखोलामा हाइड्रो प्रवर्द्धन र ४१ दशमलव शून्य ६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको गुराँस हाइड्रोमा पनि लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ‘यस कम्पनीले भविष्यमा अरू पनि थप हाइड्रोपावर, होटल, कृषिलगायत क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको छ,’ एसजी ग्रूपका अध्यक्ष तथा कम्पनीका संस्थापक अध्यक्ष शिवप्रसाद घिमिरेले बताएका छन् । कम्पनीको एलपीजी ग्यास बोटलिङ, पेट्रोलियम पदार्थ वितरण, अटोमोबाइल, चिया प्रशोधन, निर्माण व्यवसाय, बैंकिङ लगायत विभिन्न क्षेत्रमा लगानी छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement