ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

२१८ मेगावाट विद्युत् उत्पादनको तयारी

२०७९ असोज, ६  
१० वर्ष अघि
NA

धवलागिरि अञ्चलमा २ सय १८ मेगावाट विद्युत् उत्पादनका लागि परियोजना शुरू भएको छ । पर्वत, म्याग्दी र मुस्ताङका जिल्लामा शुरू भएका चार परियोजनाबाट आगामी ५ वर्षभित्र २ सय १८ दशमलव ८ मेगावट विद्युत् उत्पादन हुने भएको हो । पर्वतको मोदीखोलामा १० मेगावाट क्षमताको तल्लो मोदीखोला एक र १६ दशमलव ८ मेगावाट क्षमताको मध्यमोदी, मुस्ताङ र म्याग्दी जिल्लामा बन्ने १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज र म्याग्दीमा ३० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना शुरू भएका हुन् ।

यी परियोजनामध्ये तल्लो मोदी खोला जलविद्युत् आयोजनाको ४० प्रतिशतभन्दा बढी निर्माण कार्य पूरा भइसकेको छ भने अन्य तीन आयोजनाको जग्गा अधिग्रहण सकेर भौतिक निर्माणको काम शुरू हुन लागेको बताइएको छ । राहुघाट सरकारी र भारतीय बैंकको लगानीमा निर्माण भइरहेको छ भने अन्य तीन परियोजना लेते र कुन्जो, माग्दीमा नारच्याङ र दाना गाविसमा कालीगण्डकी गर्ज हाइड्रोपावर कम्पनीको लगानी छ ।

वर्ष ६ अंक १९, शुक्रवार, ९ असोज, ०६७

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement