ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

कुलो बगेपछि ३५० परिवार बिजुलीविहीन

२०७९ असोज, ६  
गण्डकी प्रदेश
NA

बागलुङ । अविरल वर्षापछि खसेको पहिरोले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका ३५० परिवार विद्युत् सुविधाबाट वञ्चित भएका छन् । एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का घरपरिवार बिजुलीबाट वञ्चित भएका हुन् । अन्धकारमा बस्नुपर्दा उनीहरूको दिनचर्या कष्टकर भएको छ । ‘बिजुली नभएपछि बालबालिकाले पढ्न/लेख्न पाएका छैनन्, गृहकार्य पनि अँध्यारो नहुँदै सक्नु परेको छ,’ ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भने, ‘मोबाइल चार्ज गर्न पनि पाइएको छैन ।’ चाडपर्वका बेला देश–विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्न समेत नसकिएको उनले गुनासो गरे ।

ढोरपाटन नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ मा अहिले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । गाउँलेकै चन्दाबाट एक दशकअघि बनाइएको उक्त लघुविद्युत् आयोजनाको बिजुलीले स्थानीयको दिनचर्या सहज भएको थियो । ‘भत्के–बिग्रेको काम पनि चन्दा उठाएरै गरिरहेका थियौं, अहिले त पहिरो खसेर बर्बादै बनायो,’ नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भने । स्थानीय युवा परिचालन गरेर अस्थायी रूपमा पानी चलाउने प्रयास गरिएको उनले बताए । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement