ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

पोखरामा बजार अनुगमन, २५ मासु व्यवसायी कारबाहीमा

२०७९ असोज, ६  
गण्डकी प्रदेश
NA
author avatar अभियान संवाददाता

कास्की । पोखरामा बजार अनुगमन थालिएको छ । मंगलवार पोखराका विभिन्न मासु पसलमा अनुगमन गरिएको हो । पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख एवं महानगरका बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा टोलीले दर्ता, मूल्यसूची, सरसफाइ नभएका र मापदण्डको पालना नगरी पसल सञ्चालन गरेका २५ जना मासु व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए । ‘पोखरा क्षेत्रका २५ ओटा मासु पसल अनुगमन गर्दा सबैले खुला रूपमा मासु राखेर विक्री गर्ने गरेको, मूल्यसूची नटाँसेको र सरसफाइमा लापरबाही गरेको देखियो,’ उनले भने, ‘सम्बन्धित व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारबाही गरिएको छ ।’

पहिलो दिन अनुगमन गरिएका सबै मासुपसल दर्ता नभएको र मापदण्ड विपरीत भेटिएको महानगरका बजार अनुगमन अधिकृत भरतराज पौडेलले बताए । ‘मासु पसल सञ्चालकलाई मापदण्ड पुर्‍याएर सञ्चालन गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘जनस्वास्थ्यमा खेलवाड गर्ने खालका गतिविधि दोहोरिए त्यस्ता व्यवसायीलाई थप कारबाही गर्छौं ।’

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement