ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

लघुबीमा लाइसेन्सबारे कारण देखाउ आदेश

२०७९ असोज, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । सर्वोच्च अदालतले लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य गर्नुको कारण पेश गर्न सरकार र बीमा समितिलाई आदेश दिएको छ ।

बीमा समितिले गैरकानूनी रूपमा लघुबीमाको लाइसेन्स वितरण गर्न लागेको भन्दै कानून व्यवसायी दीपक बरालले दायर गरेको रिटमाथि बुधवार सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलाशले अर्थ मन्त्रालय, संसद् सचिवालय, कानून मन्त्रालय र बीमा समितिलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो । लाइसेन्स प्रक्रिया रोक्ने/नरोक्ने विषयमा अन्तरिम आदेशका लागि छलफल गर्न अदालतले आगामी आइतवार दुवै पक्षलाई बोलाएको छ ।

बीमा समिति ऐनमा लघुबीमा कम्पनीको लाइसेन्स दिने व्यवस्था नरहेको भन्दै लाइसेन्स प्रक्रिया खारेज गर्न मागसहित असोज २ गते सर्वोच्चमा रिट दर्ता भएको थियो । समितिले गत भदौ १० गते लघुबीमाको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । लाइसेन्सको लागि आवेदन पेश गर्न ३५ दिन समय दिइएकोमा उक्त अवधि असोज १३ गतेसम्म छ ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement