ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

स्मार्ट डोकोले ल्यायो ‘बडा दशैं कडा अफर’

२०७९ असोज, ६  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं  । ई–कमर्श एप स्मार्ट डोकोले ग्राहकका लागि ‘बडा दशैं कडा अफर’ नामक योजना ल्याएको छ । चाडपर्वमा ग्राहकले इलेक्ट्रोनिक्स, किराना सामान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै सामानमा ६७ प्रतिशतसम्म छूट पाउने कम्पनीले बताएको छ । ग्राहकले हरेक दिन पेबल स्मार्ट वाच र बम्पर उपहारमा एकजनाले सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउने बताइएको छ ।

उक्त योजनामार्फत ग्राहकले हिमालयन बैंकमा १ हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सक्नेछन्, जसलाई ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड अथवा प्रिपेड कार्डबाट प्राप्त गर्न सक्ने बताइएको छ । यसैगरी ग्राहकले ‘१ रुपैयाँ गेम’मा सहभागी भएर विभिन्न रोमाञ्चक उपहार जित्न सक्नेछन् । काठमाडौं उपत्यकाभित्रका ग्राहकले रू. ७५० को न्यूनतम अर्डर मूल्यमा निःशुल्क डेलिभरीको सुविधा पाउनेछन् । नेपालका ७७ ओटै जिल्लामा डेलिभरीको सुविधा रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार स्मार्ट डोकोमा ५० हजारभन्दा पनि बढी सामान उपलब्ध छन्, जसमा बेबीकेयर, इलेक्ट्रोनिक्स, किराना सामान, स्वास्थ्य, फेसनलगायतका वस्तु छन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement