ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

सामसङको ‘ग्यालेक्सी ए०४एस’ नेपाली बजारमा

२०७९ असोज, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । सामसङले नयाँ सुविधा र विशेषताका साथ ‘ग्यालेक्सी ए०४एस’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई यो मोबाइलले उत्कृष्ट अनुभव प्रदान गर्ने दाबी गरिएको छ ।

ट्रिपल रियर क्यामेरा रहेको यो स्मार्टफोनमा ५० एमपी मेन क्यामेरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा रहेको कम्पनीले बताएको छ । यस्तै ५ एमपी सेल्फी क्यामेराका साथ यो फोनमा ९० हर्ज रिफ्रेस रेटको ६.५ एचडी एमोलेड डिस्प्ले रहेको छ । एकपटक चार्ज गर्दा २ दिनसम्म टिक्ने ५००० एमएएच क्षमताको ब्याट्री यो मोबाइलमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो स्मार्टफोन कालो, कपर र हरियो गरी तीन आकर्षक रङमा उपलब्ध छ । १२८ जीबी रोमसहितको चार जीबी र्‍याम भएको उक्त मोबाइलको मूल्य २१ हजार ९९९ रुपैयाँ र ६४ जीबी रोमसँग चार जीबी र्‍याम भएको मोबाइलको मूल्य १९ हजार ९९९ रुपैयाँ रहेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement