ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

निम्बसद्वारा ‘ग्रोसरी डेलिभरी, दशैंभरि’ अफर घोषणा

२०७९ असोज, ६  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । दशैंको अवसरमा किराना वस्तु किनमेलका लागि अनलाइन केन्द्र निम्बस बजारले ‘ग्रोसरी डेलिभरी, दशैंभरि’ अफर घोषणा गरेको छ । दशैं, तिहार जस्ता चाडपर्वमा नेपालीले धेरै किनमेल गर्ने भएकाले पर्वोत्सवलाई जीवन्त राख्ने उद्देश्यले यो अफर ल्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार निम्बसको वेबसाइटबाट अनलाइन किनमेल गर्न सकिनेछ भने पुल्चोक र सुनाकोठीस्थित पसल दशैंभरि खुला रहने छ । यस्तै काठमाडौं उपत्यकामा हरेक दिन डेलिभरी सुविधा समेत दिइने कम्पनीले बताएको छ ।

उक्त अफर अन्तर्गत दिइने विशेष छूटले ग्राहकलाई सामान किन्न थप सहज हुने कम्पनीको अपेक्षा छ । चाडपर्वको बेला पाहुनाको स्वागतसत्कारका लागि समय र सरसामान खरीदको व्यवस्थापनमा निम्बसको उक्त सुविधाले सहज हुने बताइएको छ । चाडपर्व तथा दैनिक जीवनमा अत्यावश्यक खाद्यवस्तु घरमै बसेर आरामले किनमेल गर्न सकिने कम्पनीले बताएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement