ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

एनएमबि बैंक र सिप्रदी ट्रेडिङबीच सहकार्य

२०७९ असोज, ६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं । एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीमा न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्नेगरी सिप्रदी ट्रेडिङसँग सहकार्य गरेको छ । यो सहकार्य बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजनाअन्तर्गत पर्ने बैंकले बताएको छ ।

सो योजना अनुसार ८० प्रतिशत फाइनान्सिङ सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी बैंकले दिएको छ । ‘वातावरणीय संरक्षणलाई सघाउ पुर्‍याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेकोे छ,’ बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जसमा न्यून ब्याजदर, लचिलो समयावधि जस्ता विशेषता समावेश गरिएका छन् । एनएमबिको यस कर्जा योजना व्यवसायसँगै वातावरणीय दायित्व पूरा गर्नेे सचेत प्रयास पनि हो ।’ उक्त योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रवाह मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने बैंकले बताएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम, ११ एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement