ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

रिलायन्स लाइफद्वारा रक्तदान कार्यक्रम सम्पन्न

२०७९ असोज, ६  
बजार
Image Not Found

काठमाडौं  । रिलायन्स लाइफ इन्स्योरेन्सले बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित उक्त कार्यक्रममा कम्पनीको काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न शाखामा कार्यरत कर्मचारीले रक्तदान गरेका थिए । अहिलेको महामारीको समयमा कम्पनीले गरेको उक्त कार्यबाट धेरै बिरामीको उपचारमा सहज हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बताए । कार्यक्रममा १०० जनाभन्दा बढीको उपस्थिति थियो । कम्पनीले देशभर १२४ शाखामार्फत बीमा सेवा प्रवाह गर्दै आएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement