ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

अग्नि इनर्जीले ल्यायो ‘महिन्द्रा ट्रियो झोर’

२०७९ असोज, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलको आधिकारिक वितरक अग्नि ग्रू्रपको सहायक कम्पनी अग्नि इनर्जीले  महिन्द्राको पछिल्लो उत्पादन ‘महिन्द्रा ट्रियो  झोर’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले बिहीवारदेखि शुरू हुने नाडा ईभी एक्स्पोमा उक्त सवारीसाधन सार्वजनिक गर्दै छ । ‘ट्रियो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–ह्वीलर पिकअप हो,’ कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यसलाई उत्कृष्ट ग्राहक मूल्य प्रदान गर्न अत्याधुनिक प्रविधिका साथ विकसित गरिएको छ । साथै प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्न तीन भेरियन्टमा उपलब्ध छ ।’

नाडा ईभी अटो एक्स्पोमा महिन्द्रा इलेक्ट्रिक तीनपांग्रे ट्रियो ई–रिक्सा, ट्रियो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रियो पिकअप समेत अवलोकन गर्न पाइने कम्पनीले बताएको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा यी तीन विद्युतीय सवारीसाधन खरीद गर्दा ग्राहकले स्क्य्राच कार्डमार्फत आकर्षक नगद पुरस्कार र एक लाख रुपैयाँको बम्पर पुरस्कार समेत पाउने कम्पनीले जानकारी दिएको छ । असोज १ गतेदेखि लागू भएको यो अफर आगामी कात्तिक १५ गतेसम्म कायम रहने बताइएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement