ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सीजी इलेक्ट्रोनिक्सद्वारा एलजी टीभीको एसेम्बली प्लान्ट सञ्चालन

२०७९ असोज, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले एलजी टीभीको एसेम्बली प्लान्ट सञ्चालनमा ल्याएको छ । एलजी इलेक्ट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले काठमाडौंको सतुंगलमा बुधवार उक्त प्लान्टको उद्घाटन गरेका छन् ।

नेपालमा एसेम्बल गरिएका उत्पादनको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्न एलजी इलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञको टोलीले नेपाली इन्जिनीयरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आएको कम्पनीले बताएको छ । प्लान्ट उद्घाटन गर्दै चुनले भने, ‘विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादन नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ । चौधरी ग्रूपसँगको सहकार्यमा स्थापित एसेम्बली प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरेका छौं ।’

चौधरी ग्रूपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा एलजीजस्तो विश्वस्तरीय ब्रान्डसँग आबद्ध हुन पाउनु गौरवको विषय रहेको बताए । एसेम्बली प्लान्ट स्थापनाले रोजगारी सृजनामा टेवा पुग्ने उनको भनाइ छ । ‘साथै, ग्राहकले गुणस्तरीय सेवाको आनन्द लिँदै प्रिमियम घरेलु उपकरण अझ सुपथ मूल्यमा खरीद गर्ने अवसर पाउनेछन्,’ उनले भने ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement