ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सिद्धार्थ क्यापिटलको साधारणसभा असोज २८ गते

२०७९ असोज, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिद्धार्थ क्यापिटलको एघारौं वार्षिक साधारणसभा असोज २८ गते बस्ने भएको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो ।

सभा सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा दिउँसो ३ बजे बस्नेछ ।

उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता २५ प्रतिशत अर्थात् रु ५ करोड करसहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब गरी सोही अवधिको नगद प्रवाहको विवरण प्रस्तुत गर्ने, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने तथा अन्य छलफलहरू गर्ने कम्पनीले जानकारी दिएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement