ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

सिवाईसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्तको विशेष साधारणसभा शुक्रवार हुँदै

२०७९ असोज, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा भोलि शुक्रवार अर्थात् असोज ७ गते गर्दै छन् ।

सिवाईसी नेपाल लघुवित्तको सभा लघुवित्तको केन्द्रीय कार्यालय सभागृह चोक कास्कीमा बस्नेछ भने आँधिखोला लघुवित्तको होटल गाउँवेशीको सभाहल वालिङ स्याङ्जामा बिहान ११ बजे शुरू हुनेछ ।

सभाले यी दुई लघुवित्त एक आपसमा गाभ्ने र गाभिने, मर्जर प्रयोजनार्थ निर्धारण गरिएको शेयर स्वाप रेशियो पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, मर्जरसम्बन्धी आवश्यक कार्य गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्तावहरू पारित गर्नेछन् ।

मर्जर प्रयोजनार्थ यी दुवै लघुवित्तको शेयर कारोबार असार २३ गतेदेखि रोक्का रहेको छ । भदौ २९ गतेदेखि असोज ७ गतेसम्म यी दुई लघुवित्तले विशेष साधारणसभा प्रयोजनार्थ बुकक्लोज गरेको जानकारी दिएका छन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement