ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

भन्सारी छली अवैध रूपमा ल्याउन लागेको सुनसहित तीन जना पक्राउ

२०७९ असोज, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुनसहित तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ स्थायी ठेगाना भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ स्थायी घर भएका १९ वर्षीय कविन्द्र विश्‍वकर्मा र कालिकोट पलाता गाउँपालिका–७ स्थायी ठेगाना भएका २५ वर्षीय जिवराज बम रहेका छन् । 

हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका हिमाल र कविन्द्रलाई  विमानस्थलको अन्तरराष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरूबाट भन्सार छली ल्याएको १÷१ थान सिक्री र १÷१ थान औंठी गरी उक्त परिमाणको सुन फेला पारी पक्राउ गरेको र सोधपुछको क्रममा उक्त सुन जिवराजले भन्सार छली ल्याउन लगाएको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement