ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सिक्लेस हाइड्रोपावरको आईपीओ प्रि-अलटमेन्ट भोलि, असोज ११ गते बाँडफाँट हुँदै

२०७९ असोज, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ प्रि-अलटमेन्ट भोलि शुक्रवार हुने भएको छ । कम्पनीले प्रि-अलटमेन्ट गरेसँगै अर्को साता मंगलवार बाँडफाँट गर्ने तयारी गरेको बिओके क्यापिटलले जानकारी दिएको छ । 

कम्पनीको आईपीओमा १६ गुणा बढी आवेदन परेकोछ । कम्पनीकोे आईपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकले १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन दिएका छन् ।  

कम्पनीले भदौ २९ गते देखि असोज २ गतेसम्म ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीहरूको लागि,५७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १० लाख ५८ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement