ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

४० अर्बको ट्रेजरी बिल सोझै खरिद गर्दै राष्ट्र बैंक

२०७९ असोज, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंक (NRB) ले रू. ४० अर्ब  बराबरको ट्रेजरी बिल सोझै खरिद गर्न लागेको छ । 

राष्ट्र बैंकले सो रकम बराबरको ट्रेजरी बिल सोझै खरिदको लागि बिहीबार (आज) बोलकबोल गर्न लागेको हो । ट्रेजरी बिलको बोलकबोल आज दिउँसो ३ बजेसम्म गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । आज बोलकबोल गरिएको ट्रेजरी बिल भोलि खरिद गरिने राष्ट्र बैंकले जनाएको छ । 

सोझै खरिद बोलकबोलको रकम बाँडफाँट गर्दा बोलबमोजिमको वार्षिक प्रतिफल दर गणना गरी सबैभन्दा बढी प्रतिफलदर बोल गर्ने काउण्टर पार्टीलाई प्राथमिकतामा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने र समान वार्षिक प्रतिफल दर भएका बोलपत्रहरूको रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रूपमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

२०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारको ट्रेजरी बिल सोझै खरिद हुने राष्ट्र बैंकले जनाएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement