ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच्चमा रिट

२०७९ असोज, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको उक्त विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन गरेको भन्दै सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट हालेका हुन्। 

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध ४/५ ओटा रिटहरू परेको सर्वाेच्चका प्रवक्ता विमल पौडेलले बताए । ती रिटहरू दर्ताको प्रक्रियामा रहेको उनले जानकारी दिए । 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement