ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

अभियानकर्मी शर्मालाई 'राष्ट्रिय फोटोपत्रकारिता अवार्ड'

२०७९ असोज, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं।  अभियानकर्मी सुनिल शर्मालाई 'राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२' प्राप्त भएको छ । 

राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनफएपिजे)ले संस्था स्थापनाको २५औं वर्षगाँठको अवसर पारेर आयोजना गरेको राष्ट्रिय फोटोपत्रकारिता अवार्डमा शर्मालाई 'नेपाल टेलिकम दैनिक जीवन फोटोपत्रकारिता' अवार्ड प्राप्त भएको हो ।

फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा संकलन गरी उनीहरुको फोटो तथा कामको मुल्याङ्कन अनुसार सात प्रदेश सहित विभिन्न १४ विधामा वर्षको उत्कृष्ट फोटोपत्रकारहरुलाई अवार्ड मार्फत सम्मानित गरेको छ । 

अवार्डका विधागत उत्कृट ५ मा 'नेपाल टेलीकम दैनिक जीवन फोटोपत्रकारिता अवार्ड'का लागि अनन्ता भण्डारी,मनिस अर्याल,नविन वावु गुरुङ,प्रेम थापा र सुनील शर्मा मनोनयनमा परेकोमा आर्थिक अभियानकर्मी शर्माले अवार्ड हात पारेका हुन्। 

कृषि विकास बैंक खेलकुद फोटोपत्रकारीता अवार्डका लागि विक्रम कुमार बाँनीया, हरिस सिंह क्षेत्री, प्रेम थापा, एसके शर्मा र सरोज चाम्लीङ मनोनयनमा परेकोमा हरिश सिंह क्षेत्रीले अवार्ड हात पारेका छन् ।

पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधाका लागि अनन्ता भण्डारी, प्रतिक्षा काफ्ले, राधिका कंडेल, रमिता छुजु र सरिता श्रेष्ठ नोमिनेशनमा परेकोमा यस विधामा अनन्ता भण्डारीले अवार्ड हात पारेकी छन् ।

एनआईसी एशिया बैंक पर्यटन तथा संस्कृति फोटोपत्रकारिता अवार्डका लागि अनन्ता भण्डारी, हरि मर्हजन, मनोज पौडेल, मनोज रत्न शाही र सागर वस्नेत मनोनयनमा परेकोमा हरि महर्जनले अवार्ड हात पारेका छन् ।

ग्लोवल आइएमई बैंक आर्थिक फोटोपत्रकारिता अवार्डका लागि अशोक दुलाल, गगन अर्याल, मनोज पौडेल, नविनवावु गुरुङ र प्रदिपकुमार श्रेष्ठ मनोनयनमा परेकोमा अशोक दुलालले अवार्ड हात पारेका छन् ।

सनराइज बैंक राजनैतिक फोटोपत्रकारिता अवार्डका लागि  गगन अर्याल, हरिस सिंह नगाल, नविन वावु गुरुङ, मनिस अर्याल र सागर बस्नेत मनोनयनमा परेकोमा  नविन वावु गुरुङले अवार्ड हात पारेका छन् ।

त्यस्तै , राष्ट्रिय वाणिज्य बैंक स्वतन्त्र फोटोपत्रकारिता अवार्डका लागि अम्विर तोलङ्गे, दिपेन्द्र मर्हजन, दुर्गाप्रसाद पौडेल, मनिसा पौडेल र प्रताप गुरुङ मनोनयनमा परेकोमा दिपेन्द्र महर्जनले अवार्ड हात पारेका छन् ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement