ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

असोज १० गतेदेखि ‘हिमालयन आर्ट फेस्टिभल’

२०७९ असोज, ७  
बागमती प्रदेश
NA
author avatar अभियान संवाददाता

काठमाडौं  । यही असोज १० देखि १४ गतेसम्म हिमालयन आर्ट फेस्टिभल’ आयोजना हुने भएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा उक्त फेस्टिभल हुने आयोजक ई–आर्टस् नेपालले जानकारी दिएको छ ।

संस्थाले सन् २०१७ देखि वार्षिक रूपमा उक्त प्रदर्शन आयोजना गर्दै आएको छ । ‘यो फेस्टिभल दशैंका बेला घर सजावटका लागि चित्रकला किन्न उपयुक्त माध्यम बन्नेछ,’ संस्थाका सहसंस्थापक आशा डंगोलले भनिन् ।

नेपाली कलाकृति नेपालीकै घरमा सजिऊन् भन्ने उद्देश्यले समेत प्रदर्शनीको आयोजना गर्न लागिएको उनले बताइन् । मध्यम वर्गीय परिवारलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनीमा आकर्षक मूल्यमा आर्ट किन्न सकिने उनको भनाइ छ । प्रदर्शनीमा १५० भन्दा बढी कलाकारले आफ्ना कला राख्नेछन् । नेपाली कलाकारको कलाको स्तर मापनका लागि समेत उक्त प्रदर्शनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमको उद्घाटन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले गर्ने कार्यक्रम रहेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement