ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

नबिल इन्भेष्टमेण्ट बैंकिङद्वारा मिश्रित लगानी व्यवस्थापन सेवा सञ्चालन

२०७९ असोज, ७  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं  । नबिल इन्भेष्टमेण्ट बैंकिङले लगानीकर्तालाई लक्षित गरी मिश्रित लगानी व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले शेयर बजारमा प्रवेश गर्न चाहने, तर लगानी सम्बन्धी उचित जानकारी अभावले लगानी गर्न असमर्थ लगानीकर्तालाई लक्षित गरी सो सेवा सञ्चालनमा ल्याएको हो ।

लगानीका विभिन्न उपकरणमार्फत लगानी गरिने यो लगानी व्यवस्थापन सेवाबाट लगानीकर्ताले हाल बजारमा देखिएको उतारचढावका कारण बेहोर्नुपरेको क्षतिलाई केही हदसम्म सन्तुलनमा ल्याउने कम्पनीले बताएको छ । साथै, भविष्यमा यसरी सन्तुलित लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने कम्पनीको भनाइ छ । उक्त सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताको रकम लगानीका विभिन्न उपकरणहरू (म्युचुअल फण्ड, बण्ड/डिबेञ्चर, इक्विटी, आईपीओ/एफपीओ/हकप्रद शेयर लगायत)मा लगानी र भइपरी आउने लगानीका लागि नगदको व्यवस्थापन समेत गरिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो सेवामा लगानीकर्ताले न्यूनतम २५ लाख रुपैयाँ वा आफूसँग रहेको सोही मूल्य बराबरको शेयर उपलब्ध गराई प्रवेश गर्न सक्नेछन् । न्यूनतम लगानी अवधि ५ वर्ष रहेको यो सेवा लिएबापत वार्षिक शून्य दशमलव ५ प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ ।

पहिलो २ वर्षभित्र आफ्नो लगानीको ३ प्रतिशत रकम तिरेर जुनसुकै बेला पनि यो योजनाबाट बाहिरिन सक्ने बताइएको छ । यस्तै २ वर्षपछि बाहिरिनु परेमा कुनै प्रकारको शुल्क तिर्नुपर्नेछैन । लगानीकर्ताले यो सेवाबाट जति धेरै नाफा गरे पनि ५ प्रतिशत मात्र पर्फर्मेन्स शुल्क लाग्ने र नाफाको शतप्रतिशत रकम जुनसुकै बेला पनि झिक्ने सकिने जानकारी कम्पनीले दिएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement