ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सनराइज बैंकको १५औं वार्षिकोत्सवमा नेपाल बाल संगठनका बालबालिकालाई सहयोग

२०७९ असोज, ७  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । सनराइज बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ । बिहीवार नक्सालस्थित नेपाल बाल संगठनमा भएको एक कार्यक्रममा बैंकका निर्देशक शारदा शर्मा पुडासैनीले नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपानेलाई उक्त सामान हस्तान्तरण गरिन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा लगायत उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा यसअघि पनि नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामग्री, लत्ताकपडा आदि वितरण गर्दै आएको थियो ।

आउँदै गरेको दशैंलाई ध्यानमा राखेर बालबालिकाका लागि नयाँ कपडा सहयोग गरिएको बैंकले बताएको छ । बाल हेरचाह, अनाथ, पिछडिएका, द्वन्द्व प्रभावित आदि बच्चाहरूका लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने बैंकका निर्देशक शर्माले बताइन् । १५औं वार्षिकोत्सवको अवसरमा बैंकले देशव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement