ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नबिल बैंकलाई ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ अन्तर्गत दुई अवार्ड

२०७९ असोज, ७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । असोज ४ गते कम्बोडियामा सम्पन्न ग्लोबल एसएमई फाइनान्स अवार्ड कार्यक्रममा बैंक ‘एसएमई फाइनान्सियर अफ दी इयर, एसिया’ र ‘प्रोडक्ट इन्नोभेसन अफ दी इयर २०२२’ अवार्ड प्राप्त गर्न सफल भएको हो । गत वर्ष पनि बैंकले ‘एसएमई फाइनान्सियर अफ दी इयर, एसिया’ २०२१ जितेको थियो ।

‘नबिल बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्‍याएको कारण आईएफसी र एसएमईद्वारा सम्मान प्राप्त गरेको हो,’ बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । विश्व बैंक समूहको सदस्य आईएफसी र एसएमईले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गर्दै आएका छन् ।
तीनदिने ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा नबिल बैंकका तर्फबाट बैंकका एसएमई एण्ड एमएफका प्रमुख नीरजकुमार बस्नेत सहभागी थिए । सो अवसरमा अन्तरराष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली बैंकलाई चिनाउन पाउनु सिङ्गो राष्ट्रका लागि गौरवको क्षण भएको उनले बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले एसएमईका लागि लगानी कोष बढाउँदै जाने बताए । ‘एसएमईका लागि लगानी कोष बढाउँदै जानु र अहिले एसएमई क्षेत्रले भोगिरहेको तरलता संकटको समस्या पहिचान गरी त्यसमा काम गर्नु नै नबिल बैंकको प्रमुख प्राथमिकता हो,’ उनले भने ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement