ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सन नेपाल लाइफ इन्स्योरेन्स छैटौं वर्षमा

२०७९ असोज, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छैटौं वर्षमा प्रवेश गरेको छ । बिहीवार स्थापनाको ५ वर्ष पूरा गरेको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

कम्पनीले विभिन्न शाखा कार्यालयमार्फत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रमबाट ५०८ पिन्ट रगत संकलन भएको कम्पनीले जानकारी दिएको छ । त्यस्तै विभिन्न अस्पताल र फरक क्षमता भएका बालबालिकालाई फलफूल तथा न्यानो कपडा प्रदान गरेको छ । सोही अवसरमा ‘विद्यार्थीसँग बीमाका कुरा कार्यक्रम’ अन्तर्गत २० भन्दा बढी स्कूल/कलेजका १ हजारभन्दा बढी विद्यार्थीलाई बीमा साक्षरता प्रदान गरिएको कम्पनीले बताएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement