ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

एकै दिन हजार रूपैयाँले बढ्यो सुनको भाउ, ताेलाकाे कति ?

२०७९ असोज, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौ । स्थानीय बजारमा शुक्रवार (आज) सुनको मूल्य ताेलामा १००० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रूपैयाँ कायम भएको छ । बिहीवार सुन तोलाको ९१ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रूपैयाँ बढेर १ हजार २०० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतिताेला १ हजार १८५ रूपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्यमा उतारचढाव देखिएकाे छ । आज (नेपाली समय अनुसार बिहान ११:३० बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ६७० दशमलव ५५ डलर पुगेको छ । बिहीवार बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ६७२ दशमलव ८४ डलर थियाे । 

आज डलरको मूल्य पनि बढेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १२८ रूपैयाँ ६८ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२८ रूपैयाँ २७ पैसा थियो । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement