ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

एनएमबि सरल बचत फण्ड र एनआईबिएल सहभागिता फण्डको इकाई कारोबार सातामा ५ दिन मात्रै

२०७९ असोज, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड-इ र एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डको इकाई कारोबार सातामा ५ दिन मात्रै हुने भएकाे छ । 

यसअघि एनएमबि सरल बचत फण्ड-इ योजनाकाे इकाईहरूकाे काराेबार सातामा ६ दिन (आइतवारदेखि शुक्रवारसम्म ) हुँदै आएकाेमा अब सातामा ५ दिन (आइतवारदेखि बिहीवारसम्म) मात्रै हुने भएकाे हाे ।

उक्त काराेबार सातामा ५ दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिइएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी एनआईबिएल सहभागिता फण्डका इकाईहरूकाे काराेबार पनि सातामा ५ दिन (आइतवारदेखि बिहीवारसम्म) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिइएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement