ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

दशैंमा चामल ढुवानीका लागि गरिएको टेण्डरमा आवेदन नै परेन, गोदाममै थन्कियो ४८०० क्विन्टल चामल 

२०७९ असोज, ७  
बजार समाचार उपभोक्ता
Image Not Found

दाङ । दशैंमा चामल ढुवानी गर्न आह्वान गरिएको टेण्डर (बोलपत्र)मा एउटा पनि आवेदन नपरेपछि चामल ढुवानी अनिश्चित बनेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले दशैंलाई लक्षित गरी पहाडी र हिमाली जिल्लामा चामल ढुवानी गर्न आह्वान गरेको टेण्डरमा एउटा पनि आवेदन नपरेको हो ।

पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी गरिरहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए । उनका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको छ । 

पहाडी जिल्लामा चामल पुर्‍याउन तुलसीपुरको गोदाममा चामल मौज्दात राख्ने गरिन्छ । अहिले करिब ४ हजार ८०० क्विन्टल चामल यही गोदाममा थन्किएको छ । टेण्डर नपरेपछि अहिले कार्यालयले आफैले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुमपूर्व र रुकुमपश्चिममा चामल पठाएको छ ।

ढुवानी रकम महँगो भएकाले पनि टेण्डर हाल्न नमानेको हुनसक्ने सुनारले बताए । 'अहिले डिजेल,पेट्रोलको मूल्य बढेको छ, ढुवानी मूल्य बढाउन सकिएको छैन', सुनारले भने ।

खाद्य कम्पनीले चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाएको छ । हरेक चालममा प्रतिकिलो सात रुपैयाँ दरले छुट दिएको उनले बताए ।

कम्पनीले बेच्ने चामलहरूमा बास्मती चामलको मूल्य प्रतिकिलो १०३ रुपैयाँ, जिरा मसिनो प्रतिकिलो  ६० रुपैयाँ र सोना मन्सुलीको मूल्य प्रतिकिलो ४३ रुपैयाँ पर्छ । 

सुनारका अनुसार दाङमा कम्पनीको चामल वार्षिक २०० क्विन्टल मात्रै खपत हुने गरेको छ । अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल खपत हुन्छ ।

खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउनेबारे जानकारी नभएर पनि सर्वसाधारणले बजारबाट महँगो मूल्यमा किन्ने गरेको उनको भनाइ छ ।

कम्पनीको तुलसीपुर गोवदाममा ५ हजार क्विन्टल चामल भण्डारण गर्न सक्ने क्षमता छ । त्यसमध्ये अहिले ४ हजार ८०० क्विन्टल चामल भण्डारण गरिएको कार्यालयले जानकारी दिएको छ । रासस
 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement