ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

डलरको भाउ हालसम्मकै उच्च, के छ नेरुकाे अवस्था ?

२०७९ असोज, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि एक अमेरिकी डलरको विनिमय दर (विक्री दर) १२९.६८ रूपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि एक अमेरिकी डलरको विनिमय दर सर्वाधिक हुँदा १२८.२९ रूपैयाँ पुगेको थियो । 

गत साउन ५ गते डलरको विनिमय दर उक्त विन्दुमा पुगेको थियो । त्यसयता घट्न थालेको विनिमय दर गत साउन १८ मा १२६.२५ रूपैयाँसम्म झरेको थियो ।  

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएपछि डलरको भाउ बढेको जानकारहरू बताउँछन् । बुधवार सेप्टेम्बरको नीतिगत बैठकमा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर शून्य दशमलव ७५ प्रतिशतले बढाएको थियो । महँगी नियन्त्रण गर्न भन्दै उसले संघीय कोषको दर शून्य दशमलव ७५ प्रतिशतले बढाएर ३ प्रतिशतदेखि ३ दशमलव २५ प्रतिशतको बीचमा राखेको छ । यो सन् २००८ को शुरुयताकै उच्च हो । 

अमेरिकी डलरको भाउले रेकर्ड कायम गरेपछि नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर बनेकाे जानकार बताउँंछन् ।   

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement