ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

संविधानको संरक्षकबाटै संविधान मिचियो : दाहाल 

२०७९ असोज, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको संरक्षकबाट संविधान मिचिएको बताएका छन् । 

शुक्रवार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले संविधानको पालक र संरक्षक (राष्ट्रपति विद्यादेवी भण्डारी)ले नै खुलेआम संविधान मिचेको बताएका हुन् । ‘अहिले संविधान खुलेआम मिचिएको छ, संविधानको पालक र संरक्षकबाट नै जानीबुझी । नजानेर, झुक्किएर भन्ने होइन,’ उनले भने ।  

उनले संरक्षकबाट नै जानीबुझी संविधान मिच्नु प्राप्त भएका उपलब्धीहरू खोस्ने षड्यन्त्रको रूपमा रहेको टिप्पणी गरे । उनले देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि शुरु भएको उल्लेख गर्दै हालसम्म नरोकिएको बताए । ‘यो हजारौँको बलिदानबाट, लाखौंलाख किसानहरूको, मजदुरहरू, उत्पीडितहरूको आन्दोलनबाट प्राप्त भएका उपलब्धी खोस्ने, अपहरण गर्ने षड्यन्त्रकै एउटा कडी हो । यसलाई रोक्न अरु कसैले सक्दैन । जनताले र परिवर्तनकारी शक्तिहरूको एकताले मात्रै, जनताको पहलले मात्रै यो रोकिन सक्छ,’ उनले भने । 

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे । विधेयक प्रमाणीकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उनको भनाइ छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement