ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौंका सडकको दुरावस्था : कतै खाल्डा, कतै ढल[फोटोफिचर]

२०७९ असोज, ८  
फोटो फिचर
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । संघीय राजधानी काठमाडौंका सडकको अवस्था अस्तव्यस्त र दयनीय छ । कतै खाल्डाखुल्टी त कतै हिलाम्मे र धुलाम्मे बाटो ।

चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा पुनर्निर्माणको कामसमेत सरकारी निकायहरूले गर्न सकेका छैनन् । पुराना सडकहरूमा बिच्छ्याइएको कालोपत्र उक्किएको छ । बाटोमा खाल्डाखुल्टी छ । धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महीनौं दिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ । 

भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै साथमा सृजित व्यवधानले आवतजावतमा झनै सकस हुने गरेको छ । सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरू विकासको कुरामा सवालजवाफमा नै सीमित छन् ।

चुनावका बेला बाध्यताले गरिएको कालोपत्र र सडक निर्माण केही महीना नबित्तै भत्किएर पुनः उस्तै हुन्छ । दीर्घकालीन रुपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महसूस गर्न प्रतिनिधिहरूले सकिरहेका छैनन् ।

राजनीतिक दलका प्रतिनिधि र सरकारले सडक विकासलाई व्यवस्थित गर्न नसक्दा र प्राथमिकतामा नराख्दा हरेक दिन आम नागरिकले दुःख भोगिरहेका छन् ।

राजनीतिक दलका प्रतिनिधित्व र सरकारले सडक विकासलाई व्यवस्थित गर्न नजान्दा र नसक्दा, अझ भनौ प्राथमिकतामा नराख्दा हरेक दिन आम नागरिकहरुले दुःख भोगिरहेका छन्। कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ, कतै टायर, ढुंगा थुपारिएको छ भने कतै बाँस, रड जस्ता सामग्री छरपस्ट छन्, त कतै ट्राफिक पुलिसका होर्डिङ बोर्डहरु छरपस्ट देख्न सकिन्छ। कथामा बोल्नुभन्दा पनि तस्वीरले नै काठमाडौं उपत्यकाका सडकको वास्तविक अवस्थालाई छर्लङ्ग बोल्छ।  प्रस्तुत छ आजको फोटो फिचरमा विभिन्न स्थानका सडकको अवस्था :

 


तस्वीरहरु सौजन्य : न्यूज एजेन्सी नेपाल

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro