ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भारू अभावले व्यवसायी र उपभोक्ता समस्यामा

२०७९ असोज, ९  
१० वर्ष अघि
Tvs Raider NA

सुदूरपश्चिमबाट कामका लागि भारत जाने नेपाली कामदार र भारतसँग व्यापारिक कारोबार भएका व्यवसायीहरूले भारतीय रुपैयाँको अभावमा निकै समस्या झेल्नु परेको छ । भारतीय रुपैयाँ साट्न सीमावर्ती भारतीय बजार जानुपर्ने र त्यहाँ १ सय भारतीय रुपैयाँका लागि तोकिएको विनिमय दरभन्दा ५ देखि १० रुपैयाँसम्म बढी तिर्नुपर्ने बाध्यता भएको उनीहरूले बताएका छन् ।

 दैनिक उपभोग्य सामग्रीका लागि कञ्चनपुरका बासिन्दा सीमावर्ती बजार बनवासा र कैलालीका बासिन्दा गौरीफन्टा बजारमा जाने गर्छन् । यसैको फाइदा उठाउँदै भारतीय व्यापारीले आफूखुशी नेपाली मुद्राको अवमूल्यन गर्ने गरेको नेपाली उपभोक्ताको गुनासो छ । भारतीय व्यापारीहरूबाट अनधिकृत रूपमा नेपाली रुपैयाँको अवमूल्यन गरेका कारण नेपाली उपभोक्ताले दाल, चिनी, तेल, आलु, प्याज, किराना र लत्ताकपडाजस्ता सामानको मूल्य तोकिएभन्दा बढी तिर्नु परेको छ । पूजाका सामान किन्न गौरीफन्टा पुगेका चौमालाका ध्रुवराम ओझाले भने, ‘विनिमय दरभन्दा बढी पैसा लिन पाइँदैन भन्दा भारतीय व्यापारीहरू त्यसो भए भारू देऊ भन्छन्, भारू कहाँबाट ल्याएर दिने ?’ कामका लागि भारतको मुम्बई जान लागेका बझाङ, चैनपुरका ४१ वर्षीय रमेश सिंह र ३९ वर्षीय मनोज राठौरले ६ हजार भारू दिनभरि अत्तरिया बजारका सबै पसल धाउँदा पनि निर्धारत दरमा साट्न पाएनन् र अन्त्यमा १ सय भारूका लागि एक सय ८० नेरू दिन बाध्य भए ।

वर्ष ६ अंक १९, शुक्रवार, ९ असोज, ०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro