ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

दराजले डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने

२०७९ असोज, ९  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अनलाइन बजार दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने घोषणा गरेको छ । यसका लागि हालै १० ओटा ओकिनावा डुअल इलेक्ट्रिक स्कुटर खरीद गरिएको कम्पनीले बताएको छ, जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिने छ ।

विशेषगरी धुमवाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायत केही क्षेत्रका ग्राहकलाई सामान पुर्‍याउन विद्युतीय स्कुटरको प्रयोग गरिने कम्पनीको भनाइ छ । आयातित इन्धनको खपत र कार्बन उत्सर्जन कटौतीमा यसले सघाउ पुग्ने कम्पनीको अपेक्षा छ ।

‘हाम्रा डेलिभरी सवारीसाधनमा १० ओटा विद्युतीय स्कुटर थपिएका छन्,’ दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन् ‘यो दिगो तथा वातावरणमैत्री सञ्चालनतर्फको थप एक कदम हो ।’ शुक्रवार दराजको थसिखेल हबमा आयोजित कार्यक्रममा उनले कम्पनीको गोपीकृष्ण, सोल्टीमोड र थसिखेल हबका ‘डेलिभरी हिरो’हरूलाई विद्युतीय बाइकको साँचो हस्तान्तरण गरिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro