ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नागरिक उड्डयन प्राधिकरण सदस्यमा पन्त नियुक्त

२०७९ असोज, ९  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काडमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड सदस्यमा भीमप्रसाद पन्त नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन व्यवसायी पन्तलाई प्राधिकरणको बोर्ड सदस्यको रूपमा नियुक्त गरेका हुन् ।

आर्थिक अभियान दैनिकमा पन्तका पर्यटनसम्बन्धी लेख छापिने गरेका छन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव समेत रहेका उनले पर्यटन व्यवसायको सुधारका लागि विभिन्न पहल गरेका छन् ।

प्राधिकरणको बोर्ड अध्यक्ष पर्यटनमन्त्री नै हुने व्यवस्था छ । यूरोपेली युनियनले नेपाली हवाई क्षेत्रलाई राखेको कालोसूचीबाट हटाउन पहल गर्ने, दुर्गम क्षेत्रमा हवाई सेवा सुचारु गर्न आफूले पहल गर्ने पन्तले बताए । हवाई क्षेत्रमा निजीक्षेत्रले खेपेका समस्या र चासोका बारेमा आफूले बोर्डमा कुरा राख्ने समेत उनको भनाइ छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro