ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मौरीपालक किसाानका गुनासै गुनासा : 'भारतीय र नक्कली महका कारण स्वदेशी महले बजार पाएन'

२०७९ असोज, ९  
समाचार उपभोक्ता
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

चितवन । मौरीपालक किसानले स्वदेशी  मह उत्पादन भएर  भण्डारमै थन्काउनु परेको गुनासो गरेका छन ।

उनीहरुले स्वदेशी मह गुणस्तरको भएपनि भारतीय तथा नक्कली महले बजार ओगट्दा खपत हुन नसकेको बताए । 

मौरीपालक महासंघको पद हस्तान्तरण तथा भावी कार्ययोजना सार्वजनिक कार्यक्रममा उनीहरूले भारतीय मह आयात रोक्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल मौरीपालक महासंघ चितवनका पूर्व अध्यक्ष राजेन्द्र गौतमले देशमा मह खपत हुन नसक्दा किसान समस्यामा परेकोे बताए ।

‘हाम्रो उत्पादन खपत भएको छैन' उनले भने, आयात भने रोकिएको छैन ।’  सरकारले उत्पादन वृद्धि गर्ने नारा लगाएपनि बजारमा स्वदेशी महको विक्री नभएको उनको गुनासो थियो । 

‘महको मौज्दात थुप्रिएको छ । ‘देशलाइ चार हजार मेट्रिक टन महको माग छ । तर हाम्रो मह खपत नै हुन सकेन ।’ उनले भने ।

पूर्व उपाध्यक्ष श्याम अर्यालले मौरीपालक किसानले वर्षौदेखि चरनको समस्याका समाधान बीच उत्पादन वृद्धि गर्दा पनि राज्यले वेवास्ता गरेको बताए । ‘कहिले चरनको समस्या, कहिले उत्पादन त कहिले बजारको समस्या । हामी कहिलेसम्म सधै पिल्सिरहनुपर्ने ?’ उनले प्रश्न गरे । 

राज्यले वास्तविक किसानलाई वेवास्ता गर्दा कृषकहरु बाध्यताले पलायन हुनुपरेको उनको भनाई थियो । देशमा मौरीपालनलाई बढाउन तीनै तहको सरकारबाट किसानका समस्यालाई सम्बोधन गर्न जरुरी रहेको उनले बताए । 

महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्माले सरकारले मौरीपालक मैत्री नीति नबनाउंँदा यस्तो समस्या भोग्नु परेको बताए । ‘सरकार उत्पादन वृद्धि गर भन्छ, उनले भने, उत्पादन गर्यो बजारको व्यवस्थापन खोई ?’ उनको प्रश्न थियो । 

राष्ट्रिय कृषक महासंघकी महासचिव गीता वास्ताकोटीले देशमा राजनीतिक परिवर्तन भएपनि किसानको समस्यामा कुनै परिवर्तन नआएको बताईन । राज्यले मौरीपालनमा लागेका कृषकलाई प्रोत्साहन गर्न नसक्दा व्यवासायमा आकर्षण घट्ने उनको भनाइ थियो । 

यसैबीच  महासंघका नवनिर्वाचित कार्यसमितिलाई महासंघले निवर्तमान कार्यसमितिले  नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरेका थिए ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro