ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

घटस्थापनाको तयारी : जमरा राख्न माटोदेखि मकैसम्म किनमेल, 'माटो १ किलोको ५० रुपैयाँ !'

२०७९ असोज, ९  
समाचार फोटो फिचर
Tvs Raider Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । नेपालीहरूको महान चाड बडादशैं भोलि (सोमवार) देखि शुरू हुँदैछ । बडादशैंको पहिलो दिन विभिन्न शक्तिपिठहरू र घरघरमा जमरा राखेर घटस्थापना मनाइन्छ ।

उपत्यका बाहिर घटस्थापानाको लागि चाहिने सबै सामानहरू घरमै पाइने भएपनि काठमाडौंका भित्रि बजारहरूमा त्यो सम्भव छैन ।

आइतवार इन्द्रचोक, भेडासिंह, असन लगायतका क्षेत्रमा जमरा राख्न आवश्यक माटोदेखि मकैसम्म विक्रीमा राखिएको छ ।

इचंगुबाट ल्याइयएको माटोको मूल्य करीब १ किलोको ५० रुपैयाँ तोकिएको छ । डमरुको मूल्य १०० रुपैयाँ तोकिएको छ । अन्य अन्नहरू बेच्ने ससाना युनिटका भाडाहरू छन् जसको मूल्य २० देखि ५० रुपैयाँसम्म तोकिएको छ ।

फोटो : सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro