ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भारतीय गृहमन्त्रीलाई नेपाली व्यवसायीको आग्रह : मिरगञ्ज पुल शीघ्र सञ्चालन होस्

२०७९ असोज, ९  
प्रदेश ०१
Tvs Raider Image Not Found
फाइल तस्वीर ।
author avatar अभियान संवाददाता

विराटनगर । भारतको संघीय गृहमन्त्री अमित शाहलाई मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले मिरगञ्ज पुल सञ्चालन र अन्य समस्या समाधानका लागि आग्रह गरेको छ ।

विहारका विभिन्न जिल्लामा आयोजित जनभावना सभालाई सम्बोधन गर्न आएका शाहलाई किसनगञ्जको माँ गुजरी मेडिकल कलेजमा भेटेर राठीसहित कार्यकारिणी सदस्यद्वय गोपाल अग्रवाल र विनीत सिंघानियाले ज्ञापनपत्र बुझाएका छन् । कडा सुरक्षाबीच सीमित भेटघाट गरेका शाहले पत्र बुभ्mदै कार्यान्वयन हुने आश्वासन दिएका छन् । 

ज्ञापनपत्रमा २०२२ जनवरी ६ देखि बन्द भएको मिरगञ्ज पुलको विकल्पमा बनेको मोटरेबल पुल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ । पुल सञ्चालन नहुँदा नेपाल भारत आवतजावत गर्ने ३०० सवारी तथा कार्गाेलाई समस्या परेको उल्लेख छ । पुल सञ्चालन नहुँदा ११४ किलोमीटर सुनसरीको भण्टाबारीबाट घुमेर आईसीपी आउनुपर्ने बाध्यता रहेको, त्यसले एउटा गाडीको भाडा २० हजार रुपैयाँसम्म थप लागिरहेको र ६ दिन विलम्बसमेत हुने गरेका कारण नेपालका उद्योगहरू समस्यामा परेको भन्दै समस्या समाधानका लागि आग्रह गरिएको छ । 

त्यसैगरी भारत हुँदै फर्किने नेपालीका लागि भारतीय भिसा बाध्यता खारेज गर्न पनि अनुरोध गरिएको छ । भारतको भूभाग हुँदै विदेशबाट स्वदेश फर्कने नेपाली नागरिकले विदेशी यात्रुले जस्तै भारतीय भिसा लिनुपर्छ । तर, नेपाल र भारतका नागरिक एकअर्को देशमा स्वतन्त्र आवतजावत गर्ने भएकाले नेपाली नागरिक भारत हुँदै फर्किने क्रममा भारतीय भिसाको बाध्यता खारेज गर्न अनुरोध गरिएको हो । 

त्यसैगरी नेपाली नागरिकका लागि सहज चिकित्सा सेवा उपलब्ध गराउन पनि आग्रह गरिएको छ । स्वास्थ्य उपचारका लागि भारत पुग्ने नेपालीलाई अस्पतालको शुल्क र सुविधाको सन्दर्भमा भारतीय नागरिकसरह व्यवहार गर्न र हाल नेपालीले १५ देखि २० प्रतिशत बढी शुल्क तिर्नु परिरहेकाले त्यो हटाउनसमेत माग गरिएको छ । 

भारतीय रेलवेमा नेपालीका लागि सुविधा माग गरिएको छ । भारतीय नागरिकको बराबरीमा नेपालीलाई सुविधा दिन तथा नेपाली ज्येष्ठ नागरिक र विद्यार्थीलाई सहुलियत दरमा सीट सुविधा उपलब्ध गराउन अनुरोध गरिएको छ ।

भारतबाट नेपालजस्ता मुलुकमा समेत चामल र गहुँ निकासीमा प्रतिबन्ध लगाइँदा नेपाली जनता र उद्योगधन्दामा ठूलो असर परेको छ । नेपाल आफ्नो दैनिक आवश्यकताको चामल र गहुँका लागि भारतमा मात्र निर्भर भएकाले नेपालमा धान र गहुँ निर्यात गर्ने अनुमति दिन पनि अनुरोध गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro